ताजा समाचार

बिहेलगत्तै बेहुलीले बेहुलाको शीरमा पेस्तोल तेर्स्याउँदै ट्रिगर दबाईन्, तर गोली चलेन्

काठमाडौं, १८ साउन । अमेरिकामा एक महिलाले विवाहलगत्तै आफ्नो दुलाहाको शीर पेस्तोल तेर्स्याएकी छन् । २५ वर्षीय एलिजाबेथ प्रिचार्डले विवाहलगत्तै आफ्नो दुलाहाको शीरमा पेस्तोल तेर्स्याएर ट्रिगर दबाएकी थिइन् । तर पेस्तोलमा गोली नभएका कारण मानवीय क्षति नभएको बताइएको छ । पछि ती महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

३१ जुलाइमा टेनेसी प्रान्तमा भएको सो घटनालगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीका अनुसार ती महिलाले पछि पेस्तोलमा गोली लोड गर्दै हवाइ फायरसमेत गरेकी थिइन् । कयौं राउन्ड हवाइ फायर गरेपछि त्यहाँ आतंक सिर्जना भएको थियो । प्रहरीले घटनास्थल पुगेर प्रत्यक्षदर्शीसँग बयान लिएको थियो । प्रत्यक्षदर्शीले दिएको बयानअनुसार बेहुलाबेहुलीले मादक पदार्थ सेवन गर्दै आपसमा विवाद गर्न थालेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org