ताजा समाचार

डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै आवासीय डाक्टरद्वारा ओपिडी सेवा वहिष्कार

काठमाडौं, १८ साउन । अनशनरत प्रा.डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै बुधबारदेखि आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका छन् । डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा पनि माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै आवासीय डाक्टरले ओपिडी सेवा वहिस्कार गरेका हुन् ।

ओपिडीसहित पठनपाठनका कुनै पनि शैक्षिक कार्यक्रममा सरिक नहुने नेशनल रेजिडेन्ट डक्टर्स एसोसियसनले जनाएको छ । डा. केसीको माग पूरा गराउन दबाब दिने उद्देश्यले आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा अहिले ३ सय ५० आवासीय डाक्टर छन् । आवासीय डाक्टरले सेवा बहिष्कार गर्दा विरामीको उपचार भने प्रभावित हुने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org