ताजा समाचार

गोर्खाल्यान्डमा महिला आन्दोलनकारीले सरकारविरुद्ध ब्रा फ्याँकेर विरोध गरे

काठमाडौं, १८ साउन । गोर्खाल्यान्डमा आन्दोलनकारीले अनौठा अनौठा कार्यक्रम सुरु गरेका छन् । लामो समयदेखि गोर्खाल्यान्डको माग गर्दै जारी आन्दोलनमा अहिले फरक फरक दृश्य देखिन थालेका छन् । केही दिनअघि मिरिकका आन्दोलनकारी नाङ्गो शरीरमा आफैंलाई पेटीले पिटेर सरकारविरुद्ध प्रतिकात्मक आन्दोलन गरेका थिए ।

खुकुरी जुलुसजस्ता अन्य विरोधका कार्यक्रम जारी रहेकै बेला कालिम्पोङको आन्दोलनमा महिलाहरुले मंगलबार सरकारविरुद्ध ब्रा फ्याँकेर विरोध प्रदर्शन गरे ।

ब्रा बोकेर आएका सयौं महिला आन्दोलनकारीको जुलुसलाई सुरक्षाकर्मीले जिल्लापालको कार्यालय अघि रोकेको थियो । त्यही उनीहरुले ब्रा फ्याँकेर विरोध प्रदर्शन गरेका हुन् । अनिश्चितकालीन बन्दको ५० दिन बित्न लाग्दा पनि केन्द्र र राज्य सरकारले चासो नदिएको आक्रोशमा महिला आन्दोलनकारीले यस्तो गरेका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org