गृहमन्त्री शर्मा भन्छन्, ‘काठमाडौंका सडकमा मात्र हैन्, कोठाभित्र पनि विकृति छ, यसलाई हटाउँछु’

काठमाडौं, २० साउन । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौंमा अत्यधिक विकृति र विसंगति रहेको दाबी गरेका छन् । विकृति र विसंगतिले सुरक्षा चुनौती थपिरहेको भन्दै मन्त्री शर्माले त्यसको लागी जनस्तरबाट नै पहल खोजिनुपर्ने बताएका हुन् । शुक्रबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौंको लैनचौरमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले हरेक टोलले आफ्नो सुरक्षा स्वयंसेवक तयार पार्नुपर्ने बताएका हुन् ।
काठमाडौंको विकृति र विसंगति हटाउन आफू प्रतिवद्ध रहेको भन्दै उनले जनताको सहयोग आवश्यक ।हृकाृ बताए । मन्त्री शर्माले भने, ‘काठमाडौंमा भरिएको विकृति र विसंगतिको धुलोलाई हटाउन प्रतिबद्ध छु, त्यसका लागि जनताको सहयोग चाहेको छु ।’
‘विकृतिहरु सडकमा मात्र छैन कोठा भित्र पनि छ, त्यो विकृति हल गर्नु अबको दायित्व हो,’ विकृति अन्त्यका लागि गृह प्रशासनले ब्यवस्थित प्रहरी परिचालन गर्ने उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘त्यसमा गृह प्रशासनको मुख्य भूमिका रहन्छ, जसमा तपाई नागरिकको सहयोग भयो भने थोरै समयमा काठमाडौं क्लिन हुनेछ ।’
काठमाडौंबासीलाई आफ्नो टोल र गल्लीमा हुने गतिविधिको रिपोर्ट गर्न पनि मन्त्री शर्माले आग्रह गरे । उनले भने, ‘हरेक टोल र गल्लीको रिपोर्ट पाएमा प्रहरीले काम गर्न सक्नेछ, त्यसमा प्रहरी कर्मचारीलाई थोरै पनि बदमासी गर्न दिइने छैन ।’
Comments
अरु समाचार
-
पशुपति गौशाला धर्मशालामा मोहियानी हक लाग्दैन : काठमाडौँ जिल्ला अदालत
काठमाडौँ: काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा...
-
कमलदह मेलामा कुस्तीको ‘क्रेज’
सिरहा: सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी...
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर...
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
चिसो बढेपछि गोठाला बेँसी झरे, सुनसान भयो ‘बुकीपाटन’
ढोरपाटन (बागलुङ): चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक...
-
चिकित्सकहरु भन्छन्- मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै
काठमाडौँ, २६ कात्तिकः अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै...
-
चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको मृत्यु
बेइजिङ। चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा...
-
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई...
-
विद्युत प्राधिकरणले सबै उद्योगमा लाइन जोड्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबै उद्योगहरुमा विद्युत जडान गरेको छ । प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले सबै उद्योगहरुमा लाइन...