ताजा समाचार

भारत–चीन सीमा विवाद क्षेत्रबाट भारतीय सेनालाई हटाउन चीन सैन्य अभियान गर्ने तयारीमा

काठमाडौं, २२ साउन । चीनले सीमा विवाद रहेको क्षेत्र डोकलामबाट सैनिक खटाउने तयारी गरेको छ । भारतीय सेनालाई हटाउनका लागि चीनले सैन्य अभियानको तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सेनालाई डोकलामबाट हटाउनका लागि आउँदो दुई हप्ताभित्र सानो सैन्य अभियानको तयारी गरेको चिनियाँ कम्युनिष्ट पार्टीको पत्रिका ग्लोबल टाइम्सलाई उद्धृत गर्दै भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ ।

चीनले डोकलाममा रहेको गतिरोध लामो समयसम्म लम्ब्याउन नचाहेको र त्यसका लागि सानो आकारको सैन्य अभियानको तयारी गरेको ग्लोबल टाइम्समा छापिएको लेखमा उल्लेख गरिएको छ । यसअघि डोकलामबाट भारती सेना पछि हटेको चीनले दाबी गरेको थियो ।

केही दिनअघि चीनको विदेश मन्त्रालयले जारी गरेको १५ पृष्ट लामो दस्तावेजमा डोकलाम सीमामा पहिले चार सयको हाराहारीमा भारतीय सैनिक रहेकोमा अहिले घटेर ४० पुगेको उल्लेख गरिएको थियो । डोकलाममा भारतले सैनिक गतिविधि बढाएपछि चीनले त्यसको विरोध गर्दै आएको छ । दुवै देशले सीमा विवाद रहेको क्षेत्रमा सैनिकको संख्या बढाएपछि तनाव बढेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org