ताजा समाचार

सेक्सको क्रममा गल्तीपूर्वक गोली चल्दा महिलाको यौनाङ्ग नै क्षतविक्षत


काठमाडौं, २२ साउन । सेक्सको क्रममा गल्तीपूर्वक गोली चल्दा एक महिलाको यौनाङ्ग नै क्षतविक्षत भएको छ । ४७ वर्षीय डेविड एन्ड्र्यू जेफर्सले गल्तीपूर्वक गोली चलाउँदा एक महिलाको यौनाङ्ग नै क्षतविक्षत भएको हो । गत जवनरीमा घटना घटेको भएपनि यो विषय अदालतमा प्रवेश गरेपछि मात्रै जानकारीमा आएको हो । जेफर्स र एक ४६ वर्षीया महिला यौन गतिविधिमा मग्न थिइन् । स्टकपोर्टको एक होटलमा उक्त घटना भएको हो ।

आफ्नो ज्यान जोखिममा भएका कारण जेफर्सले आफूसँग बन्दुक राखेको स्विकार गरे जसका कारण उनलाई १० वर्षको कैद सजायँ तोकिएको छ । यौन गतिविधीमा संलग्न भइरहेका बेला नै बन्दुकको ट्रिगर दबेको थियो । म्यान्चेस्टर पुलिसले यो घटनालाई अचम्मित गरिदिने र भयानक भएको बताएका थिए ।

यो मुद्दाको सुनुवाई मिनशुल स्ट्रिट कोर्टमा भएको छ । घटनाको जानकारीपश्चात् जब पुलिस घटनास्थल पुग्यो तब पीडित रगताम्मे थिइन् ।महिलाको पेटमा पनि गहिरो चोट लागेको थियो । पुलिसका अनुसार उनलाई तत्काल अस्पताल पुर्याइयो जहाँ उनको ठूलै शल्यक्रिया गर्नुपरेको थियो ।

महिलाले अस्पतालमा जेफर्सलाई खराब व्यक्ति बताएकी थिइन् । सिसिटीभी फुटेजमार्फत घटनापश्चात् जेफर्स होटलबाट पिकेडिली स्टेशनका लागि गएका थिए । यो घाउबाट महिला कहिले पनि मुक्त हुन पाउने छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org