ताजा समाचार

अफगानिस्तानमा सुरक्षा चौकीलाई लक्षित गरी चरमपन्थी हमला, ५० सर्वसाधारणको मृत्यु

काठमाडौं, २३ साउन । अफगानिस्तानमा चरमपन्थी हमला हुँदा ५० जना सर्वसाधारणको ज्यान गएको छ । सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई निशाना बनाई चरमपन्थी आक्रमण गरिएको हो । मारिनेमा महिला र बालबालिकासमेत छन् ।

सुरक्षा चौकीमा आक्रमण गरेपछि चरमपन्थीहरुले गाउँमा रहेका सिया मुसलमानलाई निशाना बनाउन शुरु गरेका थिए । उनीहरुले नजिकका घरमा आगोसमेत लगाइदिएका थिए । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उक्त चरमपन्थी आक्रमणको निन्दा गरेका छन् ।

उनले चरमपन्थीहरुले महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएर मानवअधिकारको घोर उल्लंघन र युद्ध अपराध गरेको आरोप लगाए । उनले हमलामा तालिवान र इस्लामिक स्टेट समूहका लडाकु संलग्न रहेको र त्यसमा केही विदेशी लडाकुसमेत संलग्न रहेको आरोप लगाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org