ताजा समाचार

चीनले उत्तरकोरिया, दक्षिण कोरिया र अमेरिकालाई भन्यो, ‘सही विकल्प छानेर तनाव कम गर्नुहोस्’

काठमाडौं, २३ साउन । चीनले उत्तरकोरिया, दक्षिण कोरिया र अमेरिकालाई सही विकल्प छानेर तनाव रोक्न आग्रह गरेको छ । उत्तर कोरिया, अमेरिका तथा दक्षिण कोरियालाई सही विकल्प छान्दै उनीहरूबिच देखिएको तनावलाई रोकथाम गर्न चीनका विदेशमन्त्री वाङ यीले आग्रह गरेका छन् । ‘प्योङ्याङ र वासिङ्टन तथा सोल आफ्ना जनता तथा क्षेत्रीय शान्तिका लागि उत्तम विकल्प छान्दै जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ’ उनले भने ।

वाङले दक्षिणपूर्वी एसियाली मुलुक (आसियन) को विदेश मन्त्रीस्तरको छलफलका लागि भएको भेलामा आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ होसँगको भेटमा चीनको कोरियाली प्रायद्वीपमा देखिएको आणविक हतियार परीक्षणका बिषयमा आफ्नो नीति तथा दृष्टिकोण प्रष्ट रहेको बताउँदै यसलाई दुवै समूहले उत्तम विकल्प रोजेर अघि बढ्न सुझाव दिएका हुन् ।

कोरियाली प्रायद्वीपको अवस्था अहिले सङ्कटको विन्दुमा पुगेको बताउँदै यो शान्तिका लागि वार्ता गर्ने एउटा सम्भावित सकारात्मक विन्दु पनि भएको विदेशमन्त्री वाङ्ले बताएको सिन्ह्वाले जनाएको छ ।

भेटमा उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्तावलाई थप उल्लङ्घन नगर्न सुझाव दिएका थिए भने अमेरिका र सोलले पनि कोरियाली प्रायद्वीपमा तनाव बढाउने किसिमका गतिविधिलाई रोक्नुपर्ने बताए । उत्तर कोरियाली विदेशमन्त्री रिले कोरियाली प्रायद्धीपमा रहेको आणविक विषयमा आफ्नो पूर्व अडानलाई दोहो¥याएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org