ताजा समाचार

आफ्नो समर्थक भन्दै आएको भारतले देउवालाई दोक्लम विवादमा चीनविरुद्ध बोल्न लगाउने


काठमाडौं, २३ साउन । भारतले प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनविरुद्ध बोल्न लगाउने योजना बनाएको छ । चीन र भारतबीच जारी विवादमा देउवालाई आफ्नो पक्षमा बोल्न लगाउने योजना भारतले बनाएको भारतीय मीडियाले उल्लेख गरेका छन् । त्रिदेशीय विन्दु दोक्लममा चीन र भारतबीच जारी विवादमा देउवालाई आफ्नो पक्षमा बोल्न लगाउने योजना भारतले बनाएको भारतीय अंग्रेजी अखबार दि हिन्दुले उल्लेख गरेको छ ।

नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय मीडियाले देउवालाई भारत समर्थक भनि व्याख्या गरेका थिए । भदौ पहिलो साता भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवालाई भारतले आफ्नो पक्षमा बोल्न लगाउन खोजेको हो । उनलाई आफ्नो पक्षमा बोल्न भारतले दबाब सिर्जना गर्ने पत्रिको दावी छ ।

‘आउँदा दिनमा दोक्लम विवादबारे चीन–भारतबीच चलेको विवादको एक पक्षमा उभिन नेपालले ठुलो दवाव सामना गर्नेछ’, आइतवार उक्त अखबारले प्रकाशित गरेको समाचारमा भनिएको छ,‘ देउवाको आसन्न दिल्ली भ्रमणमा भारत र चीनबीचका द्धिपक्षीय मुद्दावारे नेपालको ‘पोजिसन’ स्पस्ट गर्ने काठमाडौंस्थित स्रोतले उल्लेख गर्यो ।’

भारत–चीन–भुटानको त्रिदेशी विन्दु दोक्लमलाई लिएर बिगत दुई महिना देखि भारत र चीनबीच विवाद छ । दोक्लममा चीनले बनाउन लागेको सडकले आफ्नो राष्ट्रिय सुरक्षामा असर पर्ने भारतले बताउने गरेको छ भने चीनले निशर्तरुपमा भारतीय सेना दोक्लमबाट फिर्ता गर्नुपर्नेमा जोड दिँदै आइरहेको छ । दुई देशबीच जारी दोक्लम विवादबारे नेपालले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन् । यो विवादमा नेपाल तटस्थ रहनुपर्ने मत नेपालमा बलियो छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org