ताजा समाचार

डोकलाम विवादमा भारत र चीनको आँखा नेपालमाथि, दुवै देश आ आफ्नो पक्षमा गुहार माग्दै

काठमाडौं, २४ साउन । भारत र चीनबीच जारी डोकलाम विवादमा नेपाललाई आफ्नो पक्षमा पार्ने कोशिस गरिरहेका छन् । दुवै देशले नेपाललाई आफ्नो पक्षमा पारेर डोकलाम विवाद समाधान गराउने प्रयासमा लागिपरेका हुन् । चीनले भारतसँगको सीमा विवादमा नेपालको साथ खोजिरहेको छ । भारत चीन सिमानामा पर्ने डोकलामको विषयलाई लिएर भारतसँग तनाव बढिरहेको बेला चीनले नेपालको साथ खोजेको हो । चीनले डोकलाम विवादको विषयमा आफ्नो पक्षमा उभिन आग्रहसहित चिनियाँ अधिकारीले नेपाली अधिकारीसँग छलफल गरेका छन ।

भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार चीनका मिशन उपप्रमुखले यो विषयमा नेपाली समकक्षीसँगको शिष्टाचार भेटमा डोकलामको बिषयमा भारतले अनावश्यक विवाद निकाले भन्दै नेपाललाई चीनको पक्षमा उभिन आग्रह गरेको उल्लेख छ । डोकलामको विवादमा भारतले वार्ताबाट समाधान निकाल्ने प्रयास गरिरहेको छ भने चीनले भारतले पहिला सेना हटाएपछि मात्रै अर्थपूर्ण वार्ता हुने बताइएको छ ।

रिपोर्ट अनुसार चीन र नेपाली अधिकारीबीच काठमाडौ र बेइजिङमा पनि यसै किसिमको बैठक भएको छ । भारत ट्रयाक टु डिप्लोमेसीको माध्यमबाट समस्याको समाधानको प्रयासमा लागि परेको बताइएको छ । भारतले केही साता अगाडी अमेरिकी अधिकारीसँग पनि यो विषयमा चर्चा गरेको जनाइएको छ ।

नेपालसँग यो विषयमा छलफल गर्नु चीनका लागि दुई कारणले महत्वपूर्ण मानिएको छ । पहिलो भारत यो विषयमा त्रिपक्षिय आदानप्रदान गर्न इच्छुक रहेको छ भने दोस्रो भारतले विगतका केही समयदेखि छिमेकी मुलुक नेपालमा प्रभाव कायम राख्नका लागि संघर्षरत अवस्थाबाट गुज्रिरहेको छ ।

भारत पनि आफ्नो पक्षमा बोल्न देउवामाथि दवाव दिँदैः

भारतले पनि उक्त विवादमा आफ्नो पक्षमा बोल्न नेपाललाई दवाव दिने रणनीतिमा लागेको छ । भारतले आफ्नो समर्थक भन्दै आएको वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई डोकलाम विवादमा चीनको विपक्षमा बोल्न दवाव दिने रणनीतिमा लागेको हो ।

भदौ पहिलो साता भारतको भ्रमणमा जान लागेका देउवालाई चीनको विपक्षमा बोल्न लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रणनीति रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो विषयमा नेपाल अहिलेसम्म तटस्थ रहेको छ । राजीनितिक दल तथा सरकारी अधिकारीहरुलाई यसविषयमा केही पनि नबोल्न परराष्ट्रविदहरुले सुझाव दिईरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org