ताजा समाचार

सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने एक भारतीय दम्पती प्रहरी सेवाबाट बर्खास्त

काठमाडौं, २४ साउन । सगरमाथा चढेको भनेर झटो दाबी गर्ने एक भारतीय दम्पतीलाई प्रहरीले आफ्नो सेवाबाट हटाएको छ । सगरमाथा चढ्ने पहिलो भारतीय जोडी बनेको झुटो दाबी गरेका दिनेश र तारकेश्वरी राठौडलाई भारतीय प्रहरीले आफ्नो सेवाबाट बर्खास्त गरेको हो ।

उनीहरुले अघिल्लो वर्ष आफूहरुले सफलतापूर्वक सगरमाथा चढेको बताएका थिए । तर भारतको महाराष्ट्र राज्यका अधिकारीहरुले सोमबार उक्त दम्पतीले जोडजाड पारिएको तस्वीर प्रयोग गरेर आफूले सगरमाथाको सफल आरोहण गरेको दाबी गरेको निष्कर्ष निकालेको बीबीसीले जनाएको छ ।

उक्त दम्पतीले सगरमाथाको आरोहण गरेको बिषयको सत्यतामा अरु आरोहीहरुले प्रश्न उठाएपछि छानबिन अघि बढाइएको थियो ।महाराष्ट्र राज्यका अतिरिक्त कमिश्नर सेहिब्राओ पाटिलले पीटीआई समाचार संस्थालाई उक्त दम्पतीले गलत सूचना दिएर महाराष्ट्र प्रहरीको प्रतिष्ठामा आँच पुर्याएको प्रतिक्रिया दिए ।

अब उक्त दम्पतीविरुद्ध कुनै थप कारबाही गरिन्छ कि गरिदैँन स्पष्ट भइसकेको छैन् । यसअघि नै नेपाली अधिकारीहरुले उनीहरुले झुटो दाबी पेश गरेको निष्कर्ष निकाल्दै उनीहरुलाई १० वर्षका लागि पर्वतारोहणमा प्रतिबन्ध लगाइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org