ताजा समाचार

भारतीय व्यापारी मुकेश अम्बानी एसियाकै दोस्रो धनी, जियो फोनले माथि उचाल्यो

काठमाडौं, २४ साउन । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानी एसियाकै दोस्रो धनी भएका छन् । उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजले हालै सार्वजनिक गरेको फोरजी फिचरसहितको जियो फोनले उनलाई पुनः एसियाको दोस्रो धनीमा रुपमा स्थापित गरिदिएको हो ।

विदेशी सञ्चारमाध्यमका अनुसार केही समय अघि मात्र सार्वजनिक भएको जियोको फोरजी स्मार्ट फोनले रिलायन्स इन्डस्ट्रिजको पनि विश्वास बढेको छ । जसका कारण कम्पनीको सेयर मुल्यमा वृद्धि भएको छ । उनले सो मोवाइलमा ३१ अर्ब डलर लगानी गरेको जनाइएको छ ।

एसियाका दोस्रो धनी भारतीय व्यापार अम्वानीको कुल समपत्ति ३५.२ अर्ब डलर छ । उनको यसवर्षमात्रै १२.१ विलियन डलर सम्पत्ति थप भएको छ । विगतमा २००८ देखि २०१२ सम्म मुकेश एसियाका सवैभन्दा धनीको व्यक्तिको सूचीमा थिए । तर, विस्तारै उनको लगानीमा ह्रास आएपछि चीनका ज्याक मा उनी भन्दा अगाडी आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org