ताजा समाचार

कोरिया किन नेपालीले आत्महत्या गर्छन्, भन्ने केशवले अन्ततः आफैले किन आत्महत्या गरे ?

काठमाडौं, २४ साउन । दक्षिण कोरियामा एक नेपालीले आत्महत्या गरेका छन् । १५ महिना अघि बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका पर्वतका केशव श्रेष्ठले आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुअघि सुसाईट नोट लेखेका छन् । जसमाले उनले भनेका छन्, ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ । पेपर दे घर जान्छु भन्दा पनि दिदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । यसमा बुढी र बहिनीलाई दिनु होला ।’

अरु नेपाली युवाहरुले कोरियामा आत्महत्या गरेको घटना सुन्दा समेत आश्चर्य मान्दै आएका २८ बर्षीय श्रेष्ठले सोमबार आफै आत्महत्या गरेका हुन् । आत्महत्या गर्नु अघि श्रेष्ठले श्रीमती र बहिनीलाई सम्झिएका छन् । श्रेष्ठको सुसाइड नोटमा ३२ लाख वन अर्थात करीव ३२ हजार रुपैयाँ आफ्नो बैंक खातामा रहेको र सो पैसा श्रीमती र बहिनीलाई दिन अनुरोध गरेका छन् ।

श्रेष्ठको स्वास्थ्यमा खराव रहेको, औषधी उपचार गर्दा पनि निको नभएको, विदा लिएर घरमा आउन चाहेको, कम्पनीले घरमा आउन विदा नदिएको, निन्द्रा नलाग्ने समस्या रहेको, निन्द्रा लाग्ने औषधी सेवन गर्दै आएको जस्ता तथ्यहरु सुसाइड नोटमा उल्लेख गरेका छन् ।

कोरियाको छुन्जुस्थित आफ्नै कम्पनीको छतमा जाने भयाङमा झुण्डिएर श्रेष्ठले आत्महत्या गरेका हुन । छतमा जाने भयाङमा पासो लगाएर श्रेष्ठले आत्महत्या गरेको श्रेष्ठका रुम पार्टनर अमृत गिरीले जानकारी दिएका छन् । उनी कोरियामा किन नेपाली युवाले आत्महत्या गरेर ज्यान गुमाउँछन भनेर कुराकानी साथीभाईहरुसँग कुरा गर्ने गर्थे । एक्कासी श्रेष्ठलाई झुण्डिएको अवस्थामा भेटदा उनका सहकर्मीहरु पनि बिक्षिप्त भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org