ताजा समाचार

‘कही नभाको जात्रा’ राजापामा, यथास्थितिमा चुनावमा नजाने

काठमाडौं, २५ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ । राजपाको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिँदै एक साताभित्र संविधान संशोधनलगायत माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ। ‘५/६ दिनभित्र सरकारले यथास्थितिलाई चिर्न सकेन भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं,’ राजपा महासचिव मनीष सुमनले भने, ‘हामीलाई चुनावमा लैजाने या आन्दोलनमा धकेल्ने हो, बल सरकारकै हातमा छ।’

चुनावमा जाने/नजाने भन्ने विषयमा पार्टी पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिमा व्यापक छलफल भएको थियो। केन्द्रीय कार्यसमिति, जिल्ला अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्षलगायत १५ सयभन्दा बढीको सहभागितामा राजधानीमा तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठक मंगलबार सम्पन्न गर्दै राजपाले निर्वाचनबारे पुरानै अडान कायम राख्ने निर्णय लिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

बैठकमा राजपा नेता महेन्द्र यादव, शरदसिंह भण्डारीसहितका नेताले भने संगठन र कार्यकर्ताको सुरक्षाका लागि पनि चुनावलाई प्रयोग गर्नुपर्ने धारणा राखेका थिए। केन्द्रीय कार्यसमितिमा बहुमत सदस्यहरू यथास्थितिमै चुनावमा जान नहुने पक्षमा अडिग देखिएपछि राजपाले पुरानै अडानलाई निरन्तरता दिएको हो। नेता सुमनका अनुसार बैठकले राजनीतिक प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय लिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org