ताजा समाचार

९ वर्षअघि अमेरिका गएका एक भुटानी शरणार्थीको अमेरिकामा गोली हानी हत्या


झापा, २५ साउन ।  अमेरिकामा उक भुटानी शरणार्थीको गोली हानी हत्या गरिएको छ । झापाबाट पुनर्वास भएर टेक्सासमा बस्दै आएका १८ वर्षका भुटानी युवक भिम दुलालको गोली हानी हत्या भएको हो । गएको आइतबार बिहान ३ बजे टेक्सासको टम्बल ह्युस्टनमा गोली हानी हत्या भएको बताइएको छ ।

शनिबार बेलुका सँधै झैं ब्यायाम केन्द्रमा गएका दुलालको हत्या भएकोबारे अनुसन्धान भइरहेको खबर प्रहरीले परिवारलाई दिएको पारिवारिक स्रोतले बताएको छ । दुलालका साथ उनका एकजना अफ्रिकी मुलका साथीको पनि एकैठाउँमा हत्या भएको थियो ।

९ वर्षअघि पूर्वी झापाको गोलधाप शरणार्थी शिबिरबाट अमेरिका पुनर्वास भएका दुलाल भर्खरै उच्च माध्यमिक तह पूरा गरि विश्वविद्यालय अध्ययनको तरखरमा रहेको उनका एकजना नातेदार सुदर्शन लुईंटेलले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org