ताजा समाचार

भारतीय विदेशमन्त्री भेट्न एक हुलका साथ राजपा नेताहरु सोल्टी होटेल पुगे, के भयो कुराकानी ?

काठमाडौं, २७ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले सामूहिक भेटवार्ता गरेका छन् । होटेल सोल्टीमा गएराति भेटवार्ता गरेका हुन् । राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी, राजकिशोर यादव, महेन्द्र राय यादवले स्वराजसँग भेटेका हुन् ।

भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन तथा मधेसकेन्द्रित दलहरूबीचको एकतालगायतका बारेका छलफल भएको एक नेताले जानकारी दिए । तर, उनले कुराकानीबारे विस्तृतमा बताएनन् । राजपा नेताले संविधान संशोधन, चुनावलगायतका विषयमा जानकारी दिएका थिए । उनीहरुले संविधान संशोधनको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिदिन स्वराजलाई भनेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org