ताजा समाचार

पोखरामा गुडिरहेको मोटरसाइकलमा थ्रीफेज लाइनको तार चुँडिएर खस्दा एक जना गम्भीर घाइते

पोखरा, २७ साउन । पोखरामा गुडिरहेको मोटरसाइकलमा बिजुलीको तार खस्दा एक जना घाइते भएका छन् । बिहीबार साँझ पोखराको रानीपौवामा थ्रीफेज लाइनको तार चुँडिएर शरीरमा खस्दा पोखरा लेखनाथ महानगरपालिका–२० भलामका २६ वर्षीय विष्णु बास्तोला घाइते भएका हुन् ।

महेन्द्रपुलबाट ग६प ८१२८ नम्बरको पल्सर मोटरसाईकल चढेर घरतर्फ गइरहेका बास्तोलामाथि रानीपौवा आर्मी क्याम्पअगाडि बिजुलीको तार खसेको थियो । तार चुँडिएर शरीरमा खसेपछि उनी लड्नुका साथै शरीरमा आगो लागेको थियो । स्थानीयले उद्धार गरेर मणिपाल शिक्षण अस्पताल पुर्याएका बास्तोलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org