ताजा समाचार

सुष्मा स्वराजलाई भेटेपछि मात्रै राजपा नेपाल चुनावमा जान तयार

काठमाडौं, २७ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) असोज २ गते हुने तेस्रो चरणको चुनावमा सहभागी हुन सहमत भएको छ । सरकार र राजपा नेताहरुबीच भएको सहमतिपछि चुनावमा सहभागि हुन तयार भएको हो । राजपा नेताहरुले गएराति भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए । स्वराजसँगको भेटपछि राजपा नेताहरु चुनावमा सहभागी हुन सहमत भएका हुन् ।

यस्तै संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गरिनेछ । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो ।

सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान (भोटिङ) हुनेछ ।  ‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ’ राजपा नेता शरतसिंह भण्डारीले भने, ‘संशोधन पास हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

राजपा नेता भण्डारीले भने, प्रक्रियामा गएपछि खेलको नियमबाट भाग्ने कुरा हुँदैन’ उनले भने, ‘यदि कसैले फेल गराउने प्रयास गर्छ भने उसलाई सजाय दिन पनि हामी जनतामाझ जानुपर्छ । हामी आफ्नो कुरा लिएर चुनावमा जान्छौं ।’ संसदमा निर्णयार्थ पेश गर्ने भएपनि संशोधनको पक्षमा बहुमत पुग्ने या नपुग्ने केही संकेत देखिएको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org