ताजा समाचार

अमेरिकामा र्‍यालीको बीचबाटै कार गुडाउँदा एक जनाको मृत्यु, १९ जना घाइते

काठमाडौं, २९ साउन । अमेरिकामा र्‍यालीको विरोध गर्नेहरुको बीचबाट चलाइएको कारको ठक्करबाट एक व्यक्तिको ज्यान गएको छ । अति दक्षिणपन्थी नवनाजीवादीको समर्थकले निकालेको र्‍यालीको विरोध गर्नेहरुको बीचबाट चलाइएको कारको ठक्करबाट एक जनाको ज्यान गएको हो । घटनामा १९ जना घाइते भएका छन् ।

अमेरिकी गृहयुद्धका बेला भएको गुलामी प्रथाको समर्थनमा लड्ने जनरलको मूर्ति हटाएको विरोधमा युनाइट द राइट नामबाट यो र्‍याली निकालिएको थियो । प्रहरीले र्‍यालीलाई अवैध घोषणा गरेको थियो ।

र्‍यालीको विरोध गर्नेहरुको भीडमा चलाइएको कार तत्काल नियन्त्रणमा लिइएको थियो । कार चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भीड नियन्त्रण गर्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org