ताजा समाचार

सुत्केरी बेथा लागेकी महिला बोकेको जीप बाढीले बगायो, गर्भवतीसहित ६ जनाको मृत्यु

रौतहट, २९ साउन । बाढीमा गाडी डुब्दा एक गर्भवती महिलासहित ६ जनाको ज्यान गएको छ । लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको ज्यान गएको हो ।

प्रसुतिका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बगाँउदा उक्त घटना घटेको हो । बाढीले बाटो कटान गरेको जानकारी नहुँदा जीप डुबेको प्रहरीले जनाएको छ । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको ज्यान गएको रौतहट प्रहरी प्रमुख उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए ।

ज्यान गुमाउनेमा चन्दन किशोर यादव, सरोजकुमार यादव, चन्दनकी श्रीमती, आमा, र छोरी रहेका छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको एसपी पोखरेलले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org