ताजा समाचार

पाँच वर्षपछि चीनबाट उच्च भ्रमण, चिनियाँ उपप्रधानमन्त्री आज नेपाल आउँदै

काठमाडौं, ३० साउन । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ आज नेपाल भ्रमणमा आउँदै छन् । आज साँझ नेपाल आईपुग्ने उपप्रधानमन्त्री याङले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यसपछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । याङ पाकिस्तानबाट विशेष विमानमा उडान गरी आज सिधै सोल्टी होटल जानछन् ।

आइतबार इश्लामावाद पुगेका चिनियाँ उपप्रधानमन्त्री वाङ सोमबार रणनीतिक साझेदार पाकिस्तानको ५० औँ स्वतन्त्रता दिवसमा सहभागी भएर नेपाल आउन लागेका हुन्।

वाङले सोमबारदेखि बुधबारसम्म तीन रात बिताउने छन्। वाङका द्विपक्षीय र अन्य प्रमुख भेटवार्ता सोल्टीमै तय गरिएको छ।उपप्रधानमन्त्री वाङले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डलमा तीन जना सुरक्षा तथा मेडिकल स्टाफ सहित २१ जना रहनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org