ताजा समाचार

उत्तर कोरियाले तत्काल कुनै परमाणु युद्ध गर्न नसक्ने अमेरिकी दाबी


काठमाडौं, ३० साउन । अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सिआइए) ले उत्तर कोरियासँग तत्काल कुनै किसिमको परमाणु युद्धको खतरा नरहेको बताएको छ । अमेरिका र उत्तर कोरिया दुवै तर्फबाट एकअर्का विरुद्ध युद्धको तयारीमा रहेको आसयका वक्तव्य आइरहेका बेला सिआइएले भने तत्काल परमाणु युद्धको कुनै खतरा नरहेको दाबी गरेको हो ।

तर उत्तर कोरिया परमाणु कार्यक्रममा निकै तीब्र गतिमा अघि बढिरहेको सिआइएका निर्देशक माइक पोम्पेओले बताएका छन् । उत्तर कोरियाले केही समय भित्रमा नै अर्को मिसाइल परीक्षण गर्ने सम्भावना रहेको उनको भनाई छ । तर परमाणु यद्धको खतरा भने नरहेको उनले बताए । युद्धको खतरा नरहेको भएपनि राष्ट्रपति कार्यालय ह्वाइटसाउसले रणनीतिक धैर्य राख्ने समय भने गएको चेतावनी दिए ।

उत्तर कोरियाले एक महिना भित्रमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि तनाव बढेको बीबीसीले जनाएको छ । दुवै देशले एकअर्का विरुद्ध कारवाहीका लागि तयारी अवस्थामा रहेको बताउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org