ताजा समाचार

जिसस बैतडीमा कांग्रेस–माओवादी गठबन्धन विजयी

बैतडी, ३० साउन । जिल्ला समन्वय समिति बैतडीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन विजयी भएको छ । जिल्ला समन्वय समितिको संयोजकमा कांग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक सदस्यमा कांग्रेसका टेक लुहार गत २३ गते नै निर्विरोध निर्वाचित भए पनि अन्य पदका लागि आइतबार चुनाव भएको हो ।

आइतबार भएको निर्वाचनमा उपसंयोजकमा नेकपा (माओवादी केन्द्र) बाट धनबहादुर बोहरा, तीनजना खुला सदस्यमा कांग्रेसका तर्फबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारी विजयी भएका छन् ।

त्यस्तै महिला सदस्यका लागि नेपाली कांग्रेसका हरु जोशी, गीता जोशी तथा नेकपा (माओवादी केन्द्र) का कुमारी हेमा भट्ट कपाडी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर २० मतमध्ये १२ मत र एमालेसँग आठ मत थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org