ताजा समाचार

तराईमा बाढीले निम्त्याएको पीडा, पानीले गर्दा ८ बर्षे बालकको शव गाड्ने ठाउँ समेत नपाएपछि

सप्तरी, ३० साउन । सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन प्रेसफोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो ।

मृतक बालक कमल सदालाई बगाउँदै देवकुमार सदा ।
परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले बगाइदिए । काठमाडौंका बसेर बहस गर्दा सदगति कसरी हुन्छ भन्न सकिएला । कुन उमेरको मानिस हो र उसको शव जलाइन्छ कि गाडिन्छ भनेर प्रश्न उठाउन सकिएला । तर, गाउँको वास्तविकता सप्तरीमा अलि बेग्लै थियो ।
मृतक बालकलाई कोशीको भेलमा छाडेपछि ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org