ताजा समाचार

बाढी पीडितलाई राहत बाँड्नेको आँशु थामिएनः आँसु रोक्न नसकेर भीडभन्दा टाढा पुगे

काठमाडौं, ३१ साउन । सोमबार दिउँसो ३ बजे २० बोरा चिउरा १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको भेलहा पुगेका हरिनारायण रौनियारका आँखा रसाए । उनी आँसु रोक्न नसकेर भीडभन्दा टाढा पुगे । दुई दिनदेखि चुला नबलेको गाउँमा सरकारी संयन्त्रको राहत सामग्री पुगेको छैन ।

बाढीको पानी ओरालो लागिसके पनि घरसंगै भान्सा, अन्न, भाँडाकुँडा सबै हिलाम्य छन् । निर्माण ब्यवसायी रौनियारले राहत सामग्री पुर्याएपछि बृद्धदेखि बालकसम्मले लुछाचुँडी सुरु गरे । करिब २० बर्षे एक युवकले रौनियारलाई भने बेस्सरी भोक लागेको रहेछ । यो खबर आजको नागरिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org