ताजा समाचार

अमेरिकाको गुआममा आक्रमण गर्ने उत्तर कोरियाको अन्तिम तयारी, नेता किमद्वारा ब्रिफिङ

काठमाडौं, ३१ साउन । उत्तर कोरियाका अमेरिकाको गुआममा मिसाइल आक्रमणको तयारी अन्तिम चरणमा पुयाएको छ । प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने तयारी अन्तिम चरणमा पुगेको उत्तर कोरियाली अधिकारीहरुले जनाएका छन् ।

नेता किम जोङ–उनले मिसाइल आक्रमणको योजना बारे अरु नेता तथा उच्च सैन्य अधिकारीलाई जानकारी गराएका छन् । नेता किमले देशका नेता तथा सैन्य अधिकारीलाई गुआममा मिसाइल आक्रमणको तयारी बारे विस्तृत जानकारी गराएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

गुआममा मिसाइल आक्रमणका लागि उत्तर कोरिया तयारी अवस्थामा रहेको तर नेता किम त्यहाँ आक्रमण गर्नुअघि अमेरिकाको गतिविधिको निरीक्षणमा रहेको दाबी गरिएको छ । अमेरिकाले केही कदम चाल्ने बित्तिकै नेता किमले मिसाइल आक्रमणका लागि आदेश दिने दाबी गरिएको छ । गएको हप्ता उत्तर कोरियाले गुआममा चारवटा मिसाइल आक्रमण गर्ने तयारी गरेको बताएको थियो ।

गुआममा अमेरिकी बमवर्षक विमान तथा हतियारको भण्डार छ । अमेरिकाले पनि उत्तर कोरियाले आफ्नो गतिविधि नियन्त्रणमा नराखे सैन्य कारवाहीका लागि तयारी अवस्थामा रहेको र त्यो अवस्था आए उसले गम्भीर मूल्य चुनाउनु पर्ने चेतावनी दिँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org