धुर्मुस बाढी पीडितको उद्धारमा व्यस्त, प्रधानमन्त्री तथा मन्त्रीहरु अनुगमनको नाममा रमिता हेर्नमा मस्त
काठमाडौं, ३१ साउन । यतिबेला पुरै देश प्राकृतिक विपत्तिमा डुबेको छ । तराईमा बाढी तथा पहाडमा पहिरोले ठूलै धनजनको क्षति पुर्याएको छ । गृहमन्त्रालयको तथ्यांकअनुसार अहिले सम्म ११५ जनाको ज्यान गईसकेको छ । तराई क्षेत्रमा बाढीले निकै समस्या गरेको छ । बाढी पीडितहरु एकसातादेखि भोकभोकै बस्न बाध्य छन् । उनीहरु राहतको पर्खाईमा बसिरहेका छन् ।
विभिन्न संघसंस्थाले केही मात्रामा भएपनि राहत सामाग्रीहरु पीडित सम्म पुर्याउने काम गरिरहेका छन् । सरकारी संयन्त्र कमजोर हुँदा बाढी पहिरो पीडितले राहत पाउन निकै समय कुर्नुपर्ने अवस्था आएको छ । सोमबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायत सरकारी अधिकारीहरु बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमनमा गए ।
अनुगमन गर्दा उनीहरुले बाढी पहिरो प्रभावितको रमिता हेर्न बाहेक अरु केही गर्न सकेनन् । यता निकै चर्चामा रहेका हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) भने आफ्नो ज्यानको बाजी थापेर भएपनि बाढी पीडित क्षेत्र तराईमा राहत तथा उद्धारमा अहोरात्र खटिएका छन् । उनले महोत्तरीको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपीडितलाई राहत वितरण गर्नुका साथै उद्धारमा खटिए ।
यतिबेला सामाजिक सञ्जालले पनि निकै प्राथमिकता पाएको छ । बाढी पहिरो सम्बन्धिका गतिविधिले सामाजिक सञ्जालमा भित्ताहरु भरिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले धुर्मुसले गरिरहेको कामको खुलेरै प्रशंसा गरिरहेका छन् ।
भने सरकारका मन्त्रीहरु अनुगमन गर्न समेत हेलिकोप्टरमा गएको प्रति आक्रोशित छन् । धुर्मुसले बाढी पीडितको उद्धार गरिरहेको र प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा लगायतका अधिकारीहरु रमिता हेरेर बसिरहेका तस्बिरहरु निकै चर्चामा छन् । फोटोः सामाजिक सञ्जालबाट
Comments
अरु समाचार
-
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
काठमााडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा...
-
मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...
-
एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा...
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना,...
-
कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन्। आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी...
-
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली...
-
बाढीपहिरो र डुबानमा १०० जनाको मृत्यु, ६७ जना बेपत्ता
काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा...
-
बाढी-पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ९९ पुग्यो, ७२ बेपत्ता
काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार...
-
टी-२० आई सिरिज: पहिलो खेलमा क्यानडाले नेपाललाई १४ रनले हरायो
काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य...