ताजा समाचार

निर्वाचन आयोग पदाधिकारीलाई प्रधानमन्त्री देउवाको प्रश्नः दुबै निर्वाचन एकै पटक किन गर्न सकिँदैन ?

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवसहितका आयुक्तहरुलाई बोलाएर प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनबारे छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री देउवाले आफ्नै कार्यालयमा आयोगका पदाधिकारीलाई बोलाएर दुवै निर्वाचन एकैपटक गर्न किन असम्भव छ भनेर प्रश्न गरेका थिए ।

जवाफमा आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले निर्वाचनको लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्न आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभैसकेको अवस्थामा दुईवटै निर्वाचन एकैपटक गर्न कठिन हुने जानकारी गराएका थिए ।

त्यस्तै आयोगका पदाधिकारीहरुले व्यवस्थापकीय हिसाबले मंसिरको पहिलो हप्तामा प्रतिनिधि सभाको निर्वाचन गर्न सम्भव हुने सुझाव समेत दिएका थिए । उनीहरुले प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन एकै पटक सञ्चालन गर्न व्यवस्थापकीय हिसावले सम्भव÷असम्भवबारे आयोगमा छलफल गरेर प्रधानमन्त्रीलाई जानकारी गराउने समेत बताएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल ,सुधीर कुमार शाह सहभागि भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org