ताजा समाचार

आयल निगमद्धारा २० करोड क्षतिपुर्ति माग गर्दै नागरिक राष्ट्रिय दैनिकविरुद्ध मुद्दा दायर


काठमाडौं, १ भदौं । नेपाल आयल निगमले नागरिक राष्ट्रिय दैनिक विरुद्ध मुद्धा दायर गरेको छ । पेट्रोलियम पदार्थ भण्डारण गर्ने उद्देश्य राखी खरिद गरेको जग्गामा आर्थिक चलखेल भएको समाचार निरन्तर रुपमा प्रकाशन गरी आएको भन्दै निगमले नागरिक राष्ट्रिय दैनिकको प्रबन्ध संचालक बिनोद राज ज्ञवाली, संचालक शोभा ज्ञवाली, सम्पादक गुणराज लुईटेल, र रिर्पोटर दिलिप पौडेलबिरुद्ध मुद्धा दायर गरेको हो ।

उनीहरुलाई प्रतिवादी बनाई नेपाल आयल निगमका प्रमूख गोपाल बहादुर खडकाले काठमाडौं जिल्ला अदालतमा आज गाली बेईज्जती मुद्दा  दायर गरेको हो । उक्त मुद्दामा नेपाल आयल निगमको सेवा विस्तारबाट रुष्ट भएको अमूक व्यापारीको प्रभावमा परि नागरिक दैनिकले आफू माथि विभिन्न आर्थिक अपचलनको आरोप लगाएको हुदा नियोजित तवरले आफूलाई  बेईज्जती गर्ने प्रतिवादीहरुसंग जनही २० करोड क्षतिपुर्तिको साथै २ वर्ष सम्म कैदको माग गरिएको छ ।

मुद्दाको रोचक पक्ष गोपाल खडका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दिप बस्नेतबीच कुनै नाता नभए पनि नागरिक दैनिकले नाता कायम गर्न खोजेको, नागरिक दैनिकले समाचार प्रकाशन गरेको भरमा अख्तियारले गोपाल खड्का उपर कारवाही नथालेको कारण अख्तियार प्रमुख समेतलाई बदनाम गर्ने, आफूलाई संविधान भन्दा माथि ठान्ने नागरिक पत्रिकाका सम्पादक रिर्पोटर एवं प्रकाशक समेतलाई कैद एवं जरिवानाको सजाय माग गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org