ताजा समाचार

सुन्दै अनौठो लाग्ने प्रविधिको विकासः सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न फुटबल र भलिबल

बनेपा, ४ भदौं । सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ । सुन्दै अनौठो लागे पनि यी खेल सामाग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफरल अस्पतालसम्म विरामी पठाउन सम्भव भएको छ ।

‘विगतमा हामीले सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न महिलाको तल्लो पेट र दुवईवटै गोडाको पिंडुलामा साइकलको ट्यूबले बाध्थ्यौं । अनि ट्यूबमा हावा भर्दै त्यसको चापले रक्तस्राव रोक्दै उपचार गरिरहने या अलम्पु हेल्थपोष्ट दोलखाकी सिनियर अनमी कृष्णकुमारी थामीले भनिन् ।

अघिल्लो बर्ष जुम्ल्याहा शिशु जन्माए लगत्तै अधिक रक्तस्राव भएकी एक महिलालाई उनले यही विधीको प्रयोग गरेर बचाएकी थिइन् । विगतमा तीन ठाउँमा ट्यूब बाँध्दै हावाको चाप निकाल्न एक्लैलाई मुस्किल भएको स्मरण गर्दै उनले भनिन्, अब सजिलो उपाय आएछ ।

नेपाललगायत विश्वमै मातृ मृत्युको कारणमध्ये प्रमुख मानिएको प्रसवपछिको अधिक रक्तस्रावलाई रोक्न स्थानीय उपलब्ध सामाग्रीका रुपमा पाँच बर्ष अघि नेपालमा पनि साइकल ट्यूब प्रविधिको सुरुवात गरिएको थियो । नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org