ताजा समाचार

संविधान संशोधन विधेयकमा आजदेखि छलफल हुँदै, सोमबार नै पारित गराउने तयारी

काठमाडौं, ४ भदौं । संविधान संशोधनको विद्येयक छलफलको लागि आज संसदमा पेश गरिने भएको छ । संसदको आजको बैठकमा विधेयकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । यसअघि पनि संशोधन विधेयकमा छलफल भएको थियो । मधेस केन्द्रित दलहरूको दवावमा सरकारले संशोधन विधेयकलाई अगाडि बढाउन लागेको हो । सरकारले कुनै पनि हालतमा विधेयकलाई पारित गराउने दावी गर्दै आएको छ ।

विधेयकको विपक्षमा एमालेसहितका दलहरू छन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संशोधन विधेयकमा खासै रुचि देखाएको छैन । विधेयक पास हुन अझै २० मत अपुग रहेको बताइएको छ । संसदको आजको बैठकमा छलफलपछि सोमबारको संसदबाट संशोधन विधेयकलाई अनुमोदनको तयारीमा सरकार रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org