ताजा समाचार

पार्टी फुटको ‘बदला’ लिन राप्रपाले संशोधन विधेयकको विपक्षमा मतदान गर्ने


काठमाडौं, भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स‌ंसद्‌मा विचाराधिन संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । राप्रपा केन्द्रीय समितिको हेटौंडामा बसेको बैठकले हिन्दुराष्ट्र पुनर्स्थापनासम्बन्धी संविधान संशोधन विधेयक छलफलमा नल्याइएको, पार्टी विभाजनमा सरकार र सत्तारुढ दलहरु क्रियाशील रहेको आरोप लगाउँदै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । तर, राप्रपाले मधेसका जनताको हक, हित र पहिचानको संरक्षण एवं मधेसको समग्र विकासमा सदैव प्रतिबद्ध रहेको दाबी गरेको छ ।

संशोधन विधेयकले मधेस र मधेसी जनताको मूलभूत हक, हित र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेसकेन्द्रित राजनीतिक दलहरुले विधेयक पारित भए पनि नभए पनि निर्वाचनमा भाग लिने प्रतिबद्धता व्यक्त गरिसकेको, विधेयक पारित गराउनेबारे सत्तारुढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको राप्रपाको निष्कर्ष छ । त्यस्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारमा सहभागी हुनु राप्रपाको गम्भीर भूल भएको निष्कर्ष पनि निकालिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org