ताजा समाचार

नदीमा हाम फालेर एक किशोरी वेपत्ता, सुसाइड नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’ भन्ने सन्देश लेखिन्

पोखरा, ५ भदौं । सेती नदीमा हामफाली एक किशोरी वेपत्ता भएकी छन् । पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली महानगर–१५ शिवचोक घर भएकी १४ वर्षीया अग्नि गुरुङ वेपत्ता भएकी हुन् । रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत अग्नि आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

उनले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’ भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org