ताजा समाचार

झापामा बिजुलीको हाइटेन्सन तार घरमाथि खस्यो, ३ जना गम्भीर घाइते

झापा, ६ भदौं । झापामा बिवुलीको हाइटेन्सन तार घरमाथि खस्दा तीन जना घाइते भएका छन् । गौरीगञ्ज गाउँपालिका–१, कुञ्जीबारीका चन्द्र काफ्लेको घरमा मंगलबार बिहान साढे ६ बजेतिर बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर खस्दा तीन जना घाइते गम्भीर
भएका हुन् ।

तार चुँडिएर करेन्ट लाग्दा घरमुली ५५ वर्षीय चन्द्र काफ्ले, उनकी श्रीमती ४७ वर्षीया राधिका काफ्ले र २४ वर्षीया दमन्ता काफ्ले गम्भीर घाइते भएका झापाका प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए । उनीहरुको अहिले बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । करेन्ट लागेर दुई चौपायाको समेत मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org