ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदीले दिए एक दिन अगाडी नै देउवालाई ‘सरप्राइज’, मोदी भए खुशी

काठमाडौं, ८ भदौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् । बिहीबार (आज) भेटगर्ने यसअघिको कार्यतालिका विपरित मोदीले देउवासँग एकदिन अघिनै बुधबार भेटवार्ता गरेका हुन् ।

मोदीले दिए ‘सरप्राइज’
पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ दिल्लीस्थित सेभेन रेसकोर्स रोडस्थित सरकारी निवासमा एक्लै भेटेर मोदीले ‘सरप्राइजु दिएका हुन् ।

नयाँदिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रम चलिरहँदा चियागफका लागि मोदीसँग तत्काल भेटवार्ताको व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन् । नेपाली र भारतीय पक्षले देउवा र मोदीबीचको वार्तामा के भयो भन्ने स्पष्ट खुलाएका छैनन् ।

मोदी खुसी
नेपाली पक्षले मोदीको आग्रहमा उत्साहप्रद भेटवार्ता भएको प्रतिक्रिया दिएको छ । ‘दुई मुलुकबीच उच्चस्तरमा भएको यसखालको भेटले हाम्रो सम्बन्धलाई नयाँ आयाम दिने विश्वास गर्न सकिन्छ । किनकि यसखाले भेट विरलै हुन्छ । मोदीको आग्रहमा आकस्मिक भेट भएको हो’, भ्रमण दलमा सहभागी देउवाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने ।

भारतीय प्रधानमन्त्री मोदीले भेटपछि ट्विटमा भनेका छन्, ‘निकट र मित्रवत छिमेकी नेपालका प्रधानमन्त्री देउवाजीलाई स्वागत गर्न पाउँदा खुसी छु । भोलि हुने बृहत् कुराकानीको प्रतीक्षामा छु ।’

के छलफल भयो ?
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मोदीले नेपालसँगको सम्बन्धलाई महत्वव दिएकाले यस किसिमको भेट भएको बताए । ‘यो मोदीजीको प्रधानमन्त्री देउवाप्रतिको जेस्चर हो’ उनले भने, ‘भारतले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको बुझ्नुपर्छ ।’ उनले देउवा र मोदीबीच के छलफल भयो भन्ने स्पष्ट बताउन चाहेनन् ।

बिहीबार सरकारी तहमा हुने द्विपक्षीय वार्ताको तयारीका लागि मोदी र देउवाबीच सल्लाह भएको उपाध्यायले बताए । ‘यो भेटले मोदीले नेपालसँगको सम्बन्धलाई सकारात्मक सन्देश दिन चाहेको देखिन्छ’, उनले भने । परराष्ट्र मन्त्रालयका अधिकारीहरू देउवा र मोदीबीचको वार्ता आकस्मिक रहेको बताउँछन् । ‘मोदीको आग्रहमा आकस्मिक भेट भएको हो ।’ हैदरावाद हाउसमा बिहीबार मध्याह्न सरकारी तहमा हुने भेटअघि आधा घन्टाका लागि समय निर्धारण गरेका थियौ’, भ्रमण दलमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org