प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेकै बेला दोक्लममा ६० जना भारतीय गोर्खा सैनिक खटिए
काठमाडौं, ८ भदौं । नेपाल र चीनबीच विवाद रहेको र हाल भारतीय सेना पुगेको विवादित दोक्लम क्षेत्रमा भारतले गोरखा सैनिक खटाउको छ। उत्तरपूर्वी मेघालय राज्यको सिलिङमा रहेको ८ गोर्खा राइफल्सको हेडक्वार्टरबाट भारतले सैनिक परिचालन गरेको खबर आजको नयाँ पत्रिकामा छ । अहिले त्यहाँको चौथो बटालियनका ६० जना सैनिक चीन/भुटान सीमा क्षेत्रमा परिचालित छन्। प्रधानमन्त्रीको भारत भ्रमणकै समयमा उनीहरू सीमाक्षेत्रमा कार्यरत छन्।
‘फौज अदलीबदलीका क्रममा गोर्खा राइफल्सअन्तर्गत चार बटालियनको फौज त्यहाँ पठाइएको हो, त्यसमा स्वाभाविक रूपमा नेपाली नागरिक छन्,’ भारतीय गोर्खा रेजिमेन्टका पूर्वकमान्डर रहेका पूर्व मेजर जनरल अशोक मेहताले भने, ‘नेपालले तटस्थता कसरी कायम गर्छ भन्नेमा म हेरिरहेको छु ।’
यो राइफल्सका सैनिक बेलायतका तर्फबाट पहिलो र दोस्रो विश्वयुद्ध तथा भारतका तर्फबाट पाकिस्तानसँग कार्गिल युद्ध, चीनसँगको सीमायुद्ध, भुटानसँगको युद्धमा पनि खटिएका थिए । भुटानसँग सन् १८६४ देखि १८६५ सम्म इस्ट इन्डिया कम्पनी बेलायतका तर्फबाट आठौँ गोर्खा राइफल्सले युद्ध लडेको थियो । संयोगवश भुटानको रक्षाका नाममा अहिले सोही राइफल्ससम्बद्ध नेपाली खटिएका छन् ।
नेपाल–भारत सम्बन्धका जानकार डा। निहार नायकले नेपालीहरू स्वेच्छिक रूपमा गोर्खा भर्ती हुँदै आएको हुनाले यसमा नेपालको तटस्थ नीतिलाई जोड्नु उपयुक्त नहुने बताए । ‘गोर्खा भर्तीलाई नेपाल सरकारले पर्यवेक्षण गरेको मलाई थाहा छैन, त्यसका लागि उत्प्रेरित गरेको पनि छैनजस्तो लाग्छ,’ नायकले तर्क गरे, ‘भारतीयहरू पनि अस्ट्रेलियन वा अमेरिकन आर्मीमा भर्ती भएको तथ्यांक भारत सरकारसँग हुँदैन । यसलाई अन्यथा लिनु आवश्यक छैन ।’
भारतका ७ वटा गोर्खा रेजिमेन्टअन्तर्गतका ३९ बटालियनमा नेपाली कार्यरत छन् । ‘५० जनाजति गोर्खा सैनिक पल्टन अदलीबदलीका क्रममा अहिले दोक्लाम क्षेत्रमा परिचालित भएका छन्, यो उनीहरूको नियमित ड्युटी हो,’ पूर्व जनरल मेहताले भने । उनले राजनीतिक रूपमा नेपालको तटस्थ अडान बाध्य रहेको अर्थमा भारतले बुझेको र यसबाट सम्बन्धमा केही फरक नपर्ने पनि उनले बताए ।
पाकिस्तानसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र कास्मिर तथा बर्मा, बंगलादेश र चीनसँगको सीमावर्ती क्षेत्रमा भारतीय सेनामा नेपालीहरू परिचालित छन् । १९६२ को नेपाल–भारत–चीन युद्ध, १९९९ मा पाकिस्तानसँग भएको कार्गिल युद्धमा भारतीय सैनिकमा नेपाली नागरिक कार्यरत छन् । जानकारहरूका अनुसार सन् १९६७ मा सिक्किम चीन सीमावर्ती क्षेत्र नाथुलामा सुरुमा चिनियाँ सेनाको गोली लागेर एक भारतीय गोर्खा सैनिक मारिएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पटकपटक भारतले जितेका सबै लडाइँमा गोर्खा सैनिकको खुन बगेको भन्दै प्रशंसा गर्दै आएका छन् । उक्त राइफल्सको नारा ‘काँतर हुनुभन्दा मर्नु राम्रो’ छ । उक्त राइफल्सअन्तर्गत ६ बटालियन छन् ।
Comments
अरु समाचार
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दुई देशका सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुबै...
-
आज विश्व पर्यटन दिवस: विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...