ताजा समाचार

कञ्चपुरमा एकाबिहानै एक सशस्त्र प्रहरी जवानको हत्या, एकाएक यसरी चुडियो कुँवर परिवारको खुसी

कञ्चनपुर, ८ भदौं । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर नजिकै एक सशस्त्र प्रहरी जवानको शव फेला परेको छ । भिमदत्त नगरपालिका ६ ऐठपुरस्थित नहर नजिकै सशस्त्र भन्सार सुरक्षा चौकी गड्डाचौकीमा कार्यरत जवानको शव फेला परेको हो । भिनपा ३ तिलकपुर निवासी अन्दाजी २७ वर्षीय नरेन्द्र कुँवरको शव ढुंगै ढुंगाको फाँटमा फेला परेका कञ्चनपुर प्रहरीका डिएसपी ज्ञान बहादुर सेट्टीले जानकारी दिए ।

उनको टाउँकोमा गहिरो चोट लागेको छ । घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारेमा अनुसन्धान भईरहेकोले अहिले नै सबैकुरा भन्न नमिल्ने डिएसपी सेट्टीको भनाई छ । केही दिन अगाडी सिद्धनाथ विज्ञान क्याम्पसको होस्टेलमा बस्ने एक जनाको हत्या भएको थियो । उक्त घटनाले त्रसित बनेका कन्चपुरबासी आजको घटनाले झनै डराएका छन् ।

कसरी भयो यस्तो घटनाः
बुधबार साँझ आफ्नो डिउटी सकेर घर फर्किन लागेका उहाँ राति सम्म पनि घर नपुगेपछि भाई डम्मर कुँवरले फोन गरेका थिए । घटनाबारे उहाँका भाईले टिभी अन्नूर्णलाई दिएको जानकारी जस्ताको त्यस्तैः राति १० बजेतिर फोन गर्दा सम्पर्क भयो । फोन उठाएर म तीज हेर्दैछु, एकछिन पछि आउछु भने । ११ बजेतिर पनि घर नपुगेपछि हामीले फोन गयो । फोन गर्दा १२ घण्टी गयो । फोन उठेन् । त्यसपछि फोन नै स्वीचअफ भयो । रातभर फोन लागेन् ।

बिहानै एक जना साथीलाई भनेर दाईको फोन पनि लागेन्, के भयो होला भनेर भन्दा उनी बुझ्न गए । केही समयपछि उनले निकै दुःखद् घटना सुनाए । उनले दाईको शव नहर छेउको ढुंगाको जालीमा भेटिएको बताएपछि परिवारका सवैजनाको खुसी एकाएक लुटियो । मृतक कुवरका श्रीमती पनि संगै भन्सार सुरक्षा चौकी गड्डाचौकीमा कार्यरत छन् । उहाँका एक छोरी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org