ताजा समाचार

प्रधानन्यायाधीश पराजुलीलाई नागरिक अभिनन्दन, हात्तीमा चढाएर नगर परिक्रमा

नवलपरासी, ९ भदौं । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई नवलपरासीमा नागरिक अभिनन्दन गरिएको छ । कावासोती नगरपालिका, पराजुली समाज, अमरापुरी खानेपानी लगायतका संघसंस्थाहरुले छुट्टा छुट्टै अभिनन्दन गरेका हुन् । अभिनन्दनको क्रममा प्रधानन्यायाधीश पराजुलीलाई हात्तीमा चढाएर नगर परिक्रमा गराइएको थियो ।

कावासोती नगरपालिकामा भएको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले नागरिकको अधिकार संविधानमा सुनिश्चित भएकाले नागरिकको अधिकारप्रति सवै सचेत हुनुपर्ने बताए । संविधान भन्दा माथि कोही पनि नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनबाट निर्वाचित उपप्रमुखरउपाध्यक्षले न्यायाधीशको हैसियतले अन्यायमा परेकालाई न्याय दिलाउनेमा आफू विश्वास्त रहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org