ताजा समाचार

दुर्घटनाको डरलाग्दो तथ्यांकः १ वर्षमा १० हजार दुर्घटना, २ हजारभन्दा धेरैको मृत्यु

काठमाडौं, ११ भदौं । एक वर्षमा देशभर १० हजार दुर्घटना भएका छन् । जसमा २ हजारभन्दा बढीको ज्यान गएको छ । आर्थिक वर्ष ०७३–७४ मा १० हजार १ सय ७८ दुर्घटना भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । त्यस्तै २०७२–७३ मा १० हजार १३ दुर्घटना भएका थिए । चालकलाई अनुशासनमा राख्न नसक्दा धेरै दुर्घटना हुने गरेका छन् । फितलो कारबाहीका कारण चालकले लापरबाही गर्ने गरेको पाइएको छ । गत वर्ष ७ हजार ४ सय ८७ दुर्घटना चालकको लापरबाहीले भएका थिए ।

प्रहरीका अनुसार गत वर्ष १ हजार ३ सय ९१ तीव्र गति, ३ सय ७३ यात्रुको गल्ती, २ सय १३ ओभरटेक, २ सय ४९ यान्त्रिक गडबढी, ३३ ओभरलोड, २ सय ८८ मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा तथा एक सय ४० वटा दुर्घटना अन्य कारणले भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

दुर्घटनाबाट औसतमा दैनिक ६ देखि ७ जनाको मृत्यु हुने गरेको प्रहरी तथ्यांक छ । आर्थिक वर्ष ०७३–७४ मा २ हजार ३ सय ८४ जनाले ज्यान गुमाएका छन् । अघिल्लो वर्ष २ हजार ६ जनाको मृत्यु भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७१–७२ मा दुई हजार चारको ज्यान गएको थियो । गत वर्ष दुर्घटनामा ४ हजार २५० गम्भीर घाइते भए भने ८ हजार २ सय ९० सामान्य घाइते भएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org