ताजा समाचार

वर्षौ विदेशमा दुःख गरेर नेपाल फर्किदा न सम्पत्ति न श्रीमती

धनकुटा, ११ जेठ । साँगुरीगढी गाउँपालिका १ का भीम लिम्बूले आफू विदेशबाट आएलगत्तै लाखौं नगद र गहनासहित श्रीमती बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन् । विदेशमा दुःख गरेर कमाएको पैसा र गहना बोकेर एक सातापहिले हराएकी श्रीमती अहिलेसम्म फेला परेकी छैनन् ।

श्रीमती युनिशा लिम्बू अढाई बर्षीय छोरा र पाँच लाखसहित बेपत्ता रहेको उजुरीमा उल्लेख छ । त्यस्तै धनकुटा ५ की ४४ बर्षीया विन्दु श्रेष्ठ छोरी अस्मितासहित गत साता वेपत्ता भएको प्रहरीमा उजुरी परेको छ । पति टुकबहादुरले विदेशबाट पठाएको पाँच लाख नगदसहित उनी वेपत्ता भएकी हुन् ।

यसैगरी धनकुटा २ का डम्बर बहादुर राईको पनि पीडा उस्तै छ । विदेशबाट पठाएको पाँच लाख नगद र दुई तोला सुनसहित पत्नी वेपत्ता भएपछि उनले पनि प्रहरीमा खोजी गरिदिन निवेदन दिएका छन् ।

माथिका घटना उदाहरण मात्र हुन् । यस्त प्रकृतिको दर्जनौं उजुरी जिल्ला प्रहरी कार्यालयमा दैनिकजसो पर्ने गरेका छन् । प्रहरीले पनि यस्ता घटनालाई अत्यन्तै संम्बेदनशिल मानेर अनुसन्धान गर्दै आएको बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org