ताजा समाचार

सिरहामा चुल्ठो काटिएकी महिलाको मृत्यु, १० दिनमा १५ महिलाको चुल्ठो काटियो

सिरहा, १७ भदौं । सिरहामा चुल्ठो काटिएर घाइते बनेकी एक महिलाको मृत्यु भएको छ । सुखिपुर नगरपालिका– ७ की अन्दाजी २५ वर्षीया लक्ष्मीनिया मुखियाको मृत्यु भएको हो । शुक्रबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला ती महिलाको चुल्ठो काटिएको थियो । चुल्ठो काटिएपछि बेहोस भएकी मुखियालाई लहानस्थित ओम गुरुकुल पोलिक्लिनिकमा उपचारका लागि ल्याइएको थियो । तर, उपचारका क्रममा मुखियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

१० दिनमै सिरहाको लहान, गोलबजार, मिर्चैया, सारश्वर गरी १५ भन्दा बढी महिलाको चुल्ठो काटिएको छ । कसैले अदृष्य शक्तिले चुल्ठो काटेको बताइरहेका छन् । कसैले किराले चुल्ठो काटेको दावी गरिरहेका छन् ।

सिरहामा महिलाको चुल्ठो काट्ने आतंकले सर्वसधारण रातभर सुत्न पाइरहेका छैन् । स्थानीय प्रहरी प्रशासनले भने घटनाबारे सुक्ष्म अध्ययन भईरहेको बताएको छ । घटनालाई विभिन्न पक्षबाट अध्ययन भईरहेको सिरहा प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org