ताजा समाचार

सहिदको सुचीमा मन्त्रीको तस्विर राखिएपछि कस्को के लाग्छ र ?

काठमाडौं, २० भदौ । कक्षा ३ मा पढाईने सामान्य ज्ञानको कितावमा सहिदको सुचीमा क्याप्टेन यज्ञबहादुर थापाको तस्विर हुनुपर्नेमा बर्तमान न्याय, कानुन् तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्विर राखिएको छ । काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को मास्टरमाईन्ड जेनरल नलेज एन्ड आईक्यु टेस्ट (सामान्य ज्ञान) कितावको पृष्ठ ११ माा मन्त्री थापाको नाम र तस्विर राखिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

किताबको अभ्यास नम्बर १० मा ‘हाम्रा सहिदहरू’ शीर्षकमा विभिन्न सहिदको तस्बिर राखेर विद्यार्थीलाई उक्त तस्बिर चिनेर नाम लेख्न भनिएको छ । सूचीको ९ नम्बरमा मन्त्री थापाको ढाका टोपी र गलबन्दी लगाइएको तस्बिर छ । पानाको अन्तिममा उत्तरस्वरूप सहिदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, लखन थापा, रामनाथ दाहाल, थिरबम मल्ल, भीमदत्त पन्त र यज्ञबहादुर थापाको नाम राखिएको छ ।

ओखलढुंगाका सहिद क्याप्टेन यज्ञबहादुर थापाको नाम र तस्बिर राख्न खोजिएको भए पनि प्रकाशकको असावधानीका कारण कास्की गृहजिल्ला भएका मन्त्री थापाको नाम र तस्बिर पुस्तकमा समावेश भएको हो । किताबका लेखक सुरेशचन्द्र राई र एकराज कटवाल हुन् । किताबको संशोधन मेघविलास भट्ट र होमनाथ आचार्यले गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org