प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुन शीर्ष नेता कहाँबाट चुनाव लड्ने तयारी गर्दै छन् ?
काठमाडौं, २७ भदौ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन मंसिरका लागि तय भएपछि दलका शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दैछन् भन्नेबारे चर्चा सुरु हुन थालेको छ । कांग्रेस शीर्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनको तयारी थालेका छन् । तर, संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका नेताहरूले खुलेर निर्वाचन क्षेत्रको घोषणा गरेका छैनन् । आफूहरूले लड्दै आएको परम्परागत निर्वाचन क्षेत्रमै फेरि पनि निर्वाचन लड्ने कांग्रेसका शीर्ष नेताहरूले मनस्थिति बनाएका छन् । परम्परागत क्षेत्र रहेकै ठाउँबाट निर्वाचन लड्दा बढी सुरक्षित र सहज हुने बुझाइपछि उनीहरूले परम्परागत निर्वाचन क्षेत्र नै रोजेका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्मका सबै निर्वाचन डडेल्धुराबाट लड्दै आएका छन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली ६ बाट विजयी बने । उपचुनावका लागि देउवाले कैलाली ६ छोडेर डडेल्धुरा नै रोजे । देउवाले यसपटक कहाँबाट निर्वाचन लड्ने भन्ने घोषणा गरिसकेका छैनन् । तर, एक ठाउँबाट मात्र निर्वाचन लड्न पाउने हुँदा उनले फेरि पनि डडेल्धुरा नै रोज्ने मनस्थिति बनाएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलले २०४८ सालयता तनहुँबाटै निर्वाचन जित्दै आएका छन् । २०४८ सालमा तनहुँ १ बाट जितेका उनले २०५१ सालयता तनहुँ २ बाट निर्वाचन लड्दै आएका छन् । तर, क्षेत्र निर्धारण गर्दा पौडेलले निर्वाचन जित्दै आएको तनहुँ २ यसपटक आधा आधा भएको छ । तीनबाट दुईवटा निर्वाचन क्षेत्र हुने क्रममा क्षेत्र नम्बर आधा–आधा भाग १ र २ परेपछि पौडेललाई दुवैतिरबाट लड्न माग भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
क्षेत्र निर्धारण गर्दा नवलपरासीलाई दुईवटा जिल्ला बनाइएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले २०६४ र २०७० सालको संधिानसभा निर्वाचनमा जितेको नवलपरासी १ बाटै फेरि पनि निर्वाचन लड्ने तयारी गरेका छन् । नवलपरासीको पूर्वी भाग अर्थात् नवलपुरको क्षेत्र नम्बर १ बाटै कोइरालाले निर्वाचन लड्ने तयारी गरेको कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए ।
एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले संघीय संसद्को निर्वाचनमा लड्ने निर्वाचन क्षेत्रको तयारी थालेका छन् । शीर्ष नेताहरूले प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रबारे पार्टीनिकट नेता र निर्वाचन क्षेत्रका कार्यकर्तासँग अनौपचारिक परामर्शमार्फत तयारी थालेका हुन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाएपछि साबिकको निर्वाचन क्षेत्रमा फेरबदल भएकाले नेताहरूले निर्वाचन क्षेत्रको रोजाइका लागि समयबाटै परामर्श अघि थालेका हुन् । अध्यक्ष ओलीसहित एमालेका सबैजसो शीर्ष नेता पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा लागेका छन् ।
माओवादी केन्द्रका अधिकांश शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा आ–आफ्नै गृहजिल्लामा उठ्ने तयारी गरेका छन् । तर, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक कुनै नेताले जिल्ला र निर्वाचन क्षेत्र घोषणा गरेका छैनन् ।
नारायणकाजी श्रेष्ठले गोरखा २ बाट उठ्ने तयारी गरेका छन् । उनको घर गोरखा सिरानचोक गाउँपालिका–८ जौबारीमा पर्छ । श्रेष्ठको मतदाता नामावली पनि त्यहीँ छ । माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पनि चितवनबाटै निर्वाचनमा उठ्ने तयारी गरेका छन् । थापाको मतदाता नामावली भरतपुर महानगर–१० सप्तकोसीमा छ । उनको घर चितवन १ मा पर्छ ।
नेता वर्षमान पुन अनन्त रोल्पाबाट उठ्ने तयारी गरेका छन् । पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा मोरङ ९ बाट पराजित भए । संघीय समाजवादी फोरमका अध्यक्ष सुनसरी–४ बाट निर्वाचन लड्ने तयारीमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...