पत्रकार न्यौपानेको ट्यालेन्ट शो यसरी गरियो सार्वजनिक
काठमाडौं । पत्रकार दामोदर न्यौपानेद्वारा लिखित बालमनोविज्ञानमा आधारित पुस्तक ट्यालेन्ट शो सार्वजनिक गरिएको छ । राष्ट्रिय बालदिवसको अवसर पारेर उनको ट्यालेन्ट शो अक्षरका स्कुलका कक्षा ८ का छात्रा श्रीतिका तिमल्सिना, कक्षा ७ का छात्र एलेक्स अधिकारी र एसओएस हर्मन माइनर स्कुल १२ कक्षाकी छात्र सुजिता न्यौपानेले सार्वजनिक गरेका हुन् । यो उनको तेस्रो कृति हो । एम्बुसमा ६ वर्ष र कर्म : सिकाइमा गहिरिएको खाडलका लेखक पत्रकार न्यौपानेले पहिलो बालकथा लिएर आएका हुन् ।
पुस्तकमाथि टिप्पणी गर्दै श्रीतिकाले कथाको विषयवस्तु आफूलाई मन परेको बताइन् । ‘यसमा स्वाभिमान र सानु गरी दुई जना मुख्य पात्र छन्, ‘उनले टिप्पणी गरिन्, ‘शुरुमा सानी ट्यालेन्ट शोमा भाग लिन पाउछु भनेर खुसी भएकी हुन्छे । उसले परिवरालाई पनि ट्यालेन्ट शो हेर्न बोलाएकी हुन्छे । तर पछि उसलाई छान्दैनन् । कक्षामा अलि जान्नेलाई मात्रै अघि सार्छन् । त्यसले गर्दा सानी निराश हुन्छे । उसलाई मनोवैज्ञानिक प्रभाव पर्छ । ऊ झन् राम्रोसँग पढ्न मान्दिन् । खाना पनि राम्रोसँग खान मान्दिन् । उसमा मनोवैज्ञानिक असर परेपछि सानीको सानुबाबाले यो कथा पत्रिका लेखिदिन्छन् । पत्रिकामा छापिएपछि यो कथाले चर्चा पाउँछ । प्रिन्सिपलले बोलाएर अर्काे पटक भाग लिन दिने वचन दिन्छन् । अनि सानी खुसी हुन्छे । यसमा बालमनोविज्ञानलाई राम्रोगरी केलाइएको छ ।’

एलेक्सले पनि कथा आफूलाई निकै मन परेको बताए । ‘मेरो स्कुलमा जान्ने र नजान्नेबीच कुनै भेदभाव छैन,’ उनले टिप्पणी गरे तर अरू स्कुलमा यो समस्या रहेछ । अब यस्तो भेदभाव नगर्नु होला । सबैलाई समान अवसर दिनु होला ।’ बालसाहित्यकार तथा पत्रकार नेत्र तामाङले पहिलो कथा भएपनि शसक्त रहेको प्रतिक्रिया दिए । ‘यो मेरै कथा जस्तो लाग्यो,’ तामाङले भने, ‘शिक्षकले साना–साना कुरामा ध्यान नदिंदा बालबालिकाले मनोवैज्ञानिक असर व्यहोर्नु परेको छ । यो कथाले मेरो मन छोयो ।’ अर्का बालसाहित्यकार श्रीराम राईले आफैंपनि बालसाहित्य लेख्ने भएकाले न्यौपानेको कृति इष्र्यालाग्दो भएको प्रतिक्रिया दिए । ‘विद्यालयमा जान्ने विद्यार्थीलाई मात्र प्राथमिकता दिइने जीवन्त समस्यालाई पुस्तकमा उठाइएको छ,’ राईले भने, ‘अरू विद्यार्थी प्रिनसवल हुन्छन् भन्ने देखाइएको छ । कथामा हेर्नै पर्ने सबै तत्व छन् । द्वन्द्व पनि शसक्त रूपमा देखाइएको छ ।’ यसमा चित्र प्रिजंग गुरुङले कोरेका छन् । लेखक न्यौपानेले बालबालिकालाई हेर्ने हाम्रो दृष्टिकोण र व्यवहार गर्ने तरिका बदल्नु पर्छ भन्ने अभियान अन्तरगत यो पुस्तक आएको बताए । उनको यस अघि एम्बुसमा ६ वर्ष र कर्म : सिकाइमा गहिरिएको खाडल सार्वजनिक भएका छन् । पुस्तक स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।
Comments
अरु समाचार
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...












