ताजा समाचार

प्रदेश नम्बर २ चुनावको चुनावी नतिजा पाँच दिनभित्रै घोषणा गर्ने आयोगको तयारी

काठमाडौं, ३१ भदौ । प्रदेश नम्बर २ को चुनावी नतिजा पाँच दिनभित्रै घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । पहिलो र दोस्रो चरणको चुनावमा ढिलो मतपरिणाम आएको भन्दै आलोचित भएको आयोगले तेस्रो चरणमा भने चुनावको नतिजा पाँच दिनभित्र घोषणा गर्नेगरी तयारी थालेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

उहाँका अनुसार ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा ठाउँ अनुसार मतगणनाको लागि ६ देखि ११ वटा समूह बनाइनेछ । एउटा समूहमा ६ देखि ७ जनासम्म हुने र उनीहरुले ८ घण्टा मत गन्नेछन् । तीन सत्रमा कर्मचारी खटाएर चौबिसै घण्टा मत गनिने भएकाले छ्टिटै परिणाम सार्वजनिक हुने उहाँको अनुमान छ ।

एउटा महानगरपालिका, ३ वटा उपहानगरपालिका र ७३ नगरपालिका रहेको प्रदेश नम्बर २ मा १ सय ३६ प्रमुख र उपप्रमुख, १ हजार २ सय ७१ वडाध्यक्ष, महिला, दलित सदस्य गरी ६ सय ६ सय भन्दा बढी जनप्रतिनिधि निर्वाचत हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org