ताजा समाचार

थवाङ गाउँपालिका अध्यक्ष घर्ती चालिस घण्टापछि यसरी भए अपहरणमुक्त


काठमाडौं, १ असोज । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगर झण्डै ४० घण्टापछि असहरणमुक्त भएका छन् । थवाङ गाउँपालिकाको गाउँसभा हुने भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीलाई विहीबार राती ससुराली घरबाट अपहरण गरेका थिए ।

घर्तीलाई अपहरण गरी बेपत्ता बनाइए पनि शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा गाउँसभा सम्पन्न भएपछि घर्तीलाई नेकपाले मुक्त गरेको हो ।

शनिवार बेलुका साढे ७ बजेतिर पत्रकारहरुको रोहबरमा थवाङ र लिवाङको बीचमा पर्ने भनभने भन्ने ठाउँबाट घर्तीलाई मुक्त गरिएको हो । घर्तीलाई काशीराम डाँगी सहितका पत्रकारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

घर्ती अपहरणमा परेपछि नेकपाले घटनाको जिम्मेवारी लिँदै नयाँ सत्ता रहेको ठाउँका पुरानो सत्ताको कार्यक्रम हुन नदिने उद्देश्यले स्थानीयले नै नियन्त्रणमा लिएको बताएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org