ताजा समाचार

माओवादीले धनुषामा पनि खाता खोल्यो, वडामा प्यानलै विजयी


धनुषा, ३ असोज । प्रदेश नम्बर २ अन्तर्गत धनुषामा पनि माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन्। उनीसहित वडामा माओवादीको प्यानलै विजयी भएको हो।

दनवारले १९४ मत ल्याएर विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेद्वारालाई पछि पार्दै विजयी भएका हुन्। यस्तै नगरपालिकाको मेयरमा पनि माओवादीले नै अग्रता लिएको छ। यसअघि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा पनि माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org