ताजा समाचार

अपहरणमुक्त भएपछि गाउँपालिका अध्यक्षलाई थवाङमा बाजागाजासहित भव्य स्वागत

रोल्पा, ३ असोज । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अपहरणबाट मुक्त भएका थवाङ गाउंपालिकाका अध्यक्ष बीरबहादुर घर्तीमगरको थवाङमा भव्य स्वागत गरिएको छ । मगरलाई स्थानीय बासिन्दाले बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा आउन लागेको कार्यक्रम असफल बनाउने भन्दै गाउँपालिका अध्यक्ष मगरलाई विप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए । मगर अपहरण गरेपछि ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । उनको खोजीको लागी नेपाली सेनाको हेलिकोप्टर समेत परिचालन भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org