ताजा समाचार

धनुषाको क्षिरेश्वरनाथ नगरमा कांग्रेस विजयी

धनुषा, ६ असोज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा कांग्रेस विजयी भएको छ । योसँगै धनुषामा कांग्रेसको चौथो जित हो । नेपाली कांग्रेसका योगेन्द्र पजियार ५८९९ मत ल्याएर मेयर पदमा निर्वाचित भएका छन् । उपमेयरमा पनि कांग्रेसकै रचना श्रेष्ठ ५६९८ मतसहित निर्वाचित भइन् ।

क्षिरेश्वरमा संघीय समाजवादी फोरमका उम्मेदवार सुखदेव यादवले ३००५ मत पाए । उम्मेदवार नभए पनि उपमेयरमा फोरमले १३३३ मत पायो । त्यस्तै एमालेले मेयरमा २५९२ र उपमेयरमा ३२८४ मत पायो भने राजपाले मेयरमा १८४५ र उपमेयरमा २४०४ मत पायो । निक्कै कमजोर देखिएको माओवादी केन्द्रले मेयरमा २२६ र उपमेयरमा ५६९ मत पायो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org