ताजा समाचार

सिरहामा माओवादीको चौथो जित, मिर्चैयाको मेयरमा श्रवणकुमार यादव विजयी


सिरहा, ६ असोज । सिरहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार श्रवणकुमार यादव ४ हजार ७ सय ३६ ल्याएर मेयरमा विजयी भएका हुन् । उपमेयरमा पनि माओवादी केन्द्रकै विजछी देवी ४९३९ मत ल्याएर विजयी भएकी छन् ।

मेयरमा यादवका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम यादव ३३१७ मत ल्याए । उपमेयरमा देवीकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्जलाकुमारी सिंहले ३ हजार २ सय ९९ मतमा सीमित भइन् । सिरहामा माओवादीको यो चौथो जित हो । यसअघि अर्नमा गाउँपालिका, कर्जन्हा नगरपालिका र औरही गाउँपालिकामा माओवादी विजयी भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org